मादमे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
सभा हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।












