तेस्रो दिन पनि शिक्षकहरु आन्दोलन जारी, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं । तेस्रो दिन पनि शिक्षकहरु आन्दोलन जारी नै रहेको छ । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् ।
शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ ।
अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ । दुवै पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलो गरी वार्ता हुन लागेको हो । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् ।













