११ श्रावण २०८३, सोमबार

सिटिजन लाइफद्धारा संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न अनुरोध



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ

कम्पनीले सेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको हुदाँ संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने भनेको हो ।

आवश्यक कागजात सहित कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी सेयर अभौतिकीकरण गर्न सकिनेछ । अबको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाई आफ्नो संस्थापक सेयरलाई अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।