११ श्रावण २०८३, सोमबार

खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडौं । खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । कम्पनी अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।