७ श्रावण २०८३, बिहिबार

बाँडफाँट भएको ४२ दिनपछि अप्पर लोहोरेको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ ४२ दिनपछि सूचीकृत भएको छ । आइतबार अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । कम्पनीले गत साउन २९ गते सर्वसाधारणमा निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको थियो ।

कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) मा वितरण गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक सेयरधनीमा वितरण गरेको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ९७ रुपैयाँ ८७ पैसा देखि अधिकतम २९३ रुपैयाँ ६१ पैसा तोकको छ । कम्पनीको सिम्बोल युएलएचसि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्