कतिबाट सुरु भयो सिटिजन लाइफको पहिलो कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ ।
आज अर्थात असोज १४ गते प्रि ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । अब सोहि मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।
नेप्सेले ओपन रेन्ज भने प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसासम्म तोकेको थियो । ‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो ।













