नेपाल एसबिआई बैंकद्धारा खाता अद्यावधिक गराउन अनुरोध
काठमाडाँ । नेपाल एसबिआई बैंकले खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ग्राहकहरुलाई खाता अद्यावधिक गर्ने भनेको हो ।
यसअघि अद्यावधिक गरेको विवरणहरुमा परिवर्तन भएका सम्पुर्ण व्यक्तिगत तथा संस्थागत खातावाला ग्राहकले आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा गई आगामि ३० दिनभित्र खाता अद्यावधिक गराउन सक्नेछन् ।
ग्राहकहरुले समय मै आफ्नो खाता अद्यावधिक नगराइएको खण्डमा खाताहरु स्वतः निष्कृय हुने जनाएको छ ।













