२२ श्रावण २०८३, शुक्रबार

प्रतिनिधि सभाको बैठकमा रास्वपाको अवरोध



काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका हुन् ।

रास्वपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । सभामुखले पटक पटक आग्रह गर्दापनि रास्वपाका सांसदहरु नबसेपछि अहिले सभामुखले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका छन् ।