सरकारको निर्देशनपछि निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । सरकारको निर्देशन पछि नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पुरानै मूल्य सूची रहेको जनाएको हो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।














