नक्कली भारतीय नोट प्रयोग गरी भाटभटेनीमा सामान किन्ने ३४ वर्षीय अन्सारी प्रहरी नियन्त्रणमा
काठमाडौँ । बिराटनगर महानगरपालिका ६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित सनुसरी हरिनगरा गाउँपालिका ६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त सुपरमार्केटबाट १ हजार ६ सय बराबरको बिभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा. १६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













