२२ श्रावण २०८३, शुक्रबार

फेरी दोलखामा चार किलो अवैध सुन बरामद



काठमाडौं । दोलखामा अवैध सुन बरामद भएको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको हो ।

केही दिनअघि दोलखाबाट २ चरण गरी ७ किलो सुन बरामद गरिएको थियो । हालसम्म दोलखाबाट नै ११ किलो सुन बरामद भएको छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुँदै आएकोमा अब तस्करहरूले दोलखा र रसुवाका विभिन्न नाका प्रयोग गर्न थालेका प्रहरीले जनाएको छ ।