२२ श्रावण २०८३, शुक्रबार

भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य



काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोड्यो।नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।

भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।