२२ श्रावण २०८३, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज १७ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।