१८ श्रावण २०८३, सोमबार

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र वाणिज्य बैंकका सीइओहरु छलफलका लागि एकै ठाउँमा, किन बोलाइयो बैठक ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुसंग छलफलमा जुटेको छ ।

राष्ट्र बैंकले पछिल्लो वित्तीय अवस्थाका बारेमा बैंकका सीइओहरुसंग छलफल गर्न लागेको हो । यति बेला नियामक निकाय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र, रेगुलेसन विभाग प्रमुख गुणाकर भट्ट, सुपरभिजन विभाग प्रमुख देवकुमार ढकाल र अन्य वाणिज्य बैंकहरु सीइओहरु होटल अलप्टमा पुगेका छन् ।

नियम रुपमा गरिने छलफल भएता पनि आजको बैठकलाई विशेष रुपमा हेरिएको छ । यद्यपि, राष्ट्र बैंकको सुपरभिजन विभागले पछिल्लो अवस्थाका विषयमा छलफलका लागि बोलाएको ३ बजेदेखि सुरु हुने भनिएको बैठकमा सहभागि एक बैंकका सीइओले बताए ।

छलफलमा देशको पछिल्लो आर्थिक अवस्था, राष्ट्र बैंकले नीति नियम लगायतको विषयमा केन्द्रित हुने उनले बताए ।