२२ श्रावण २०८३, शुक्रबार

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार देव खनालको कप्तानीमा टोली घोषणा गरेको हो ।

अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपाल समूह एु मा छ । यो समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । नेपाली टोलिमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।

साथै, प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् ।