सिनर्जी पावरको हकप्रद बाँडफाँट, साढे पाँच लाख कित्ता लिलाम बिक्रीमा गर्ने
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको हकप्रद असोज १६ गते बाँडफाँट भएको हो ।
कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना सेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता शेयर बाँडफाँट गरेको हो।
बाँकी ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलाम बिक्रीमा आउने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।













