हिमालयन लाइफको तीन लाख ७७ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ७७ हजार २३९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १८ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिन सक्नेछन्।
साथै, सो अवधिमा कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणका लापग बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।













