ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले बुक क्लोजको मिति तय
काठमाडौँ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले बुक क्लोजको मिति तय गरेको छ ।
फण्डले असोज २५ गते बुक क्लोज गर्ने भएको हो । जस अन्तर्गत असोज २४ गतेसम्म कायम इकाईधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।
फण्डले आर्थिक वर्ष २०७९।०८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।













