हकप्रद सेयर निष्काशन बन्द गर्ने अधिकार बोर्डलाई छैन: अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कमजोर कम्पनीलाई नै हकप्रद सेयर निष्काशन गर्न दिइने बताएका छन् ।
विश्व लगानीकर्ता सप्ताह मनाउन नेपाल धितोपत्र बोर्ड र महासंघबीच भएको लगानीकर्ता शिक्षा र सचेत निर्माण कार्यक्रमको हस्ताक्षर समारोहमा अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
उनले कमजोर कम्पनीको पुँजी वृद्धिका लागि नै हकप्रद अनुमति दिनुपर्नेमा जोड दिए । उनले कम्पनीहरुको हकप्रद सेयर निष्काशन बन्द गर्ने अधिकार बोर्डलाई नभएको बताए । उनले भने,–‘ सबै अधिकार एकै सस्थालाइ दिनु हुँदैन । त्यसो भएमा देश सिस्टमले अगाडि बढ्दैन। बोर्डलाई पनि कम्पनीहरुको हकप्रद निष्काशन बन्द गर्ने अधिकार छैन । कमजोर कम्पनीहरुलाई नै पुँजी वृद्धिका लागि हकप्रद अनुमति दिनुपर्छ।’
केही दिनअघि बोर्डकै एक कार्यक्रममा अध्यक्ष हमाललाई लगानीकर्ताहरुले नकरात्मक नेटवर्थ भएका र कमजोर कम्पनीलाई हकप्रद सेयरको अनुमति दिएको भन्दै प्रश्न गरेका थिए । लगानीकर्ताहरुले हमाललाई भनेका थिए,–‘नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत हकप्रदको अनुमति दिईएको छ । बोर्डले कमजोर कम्पनीलाई किन हकप्रद सेयरको अनुमति किन दिएको ?’
धितोपत्र बोर्ड र महासंघको सहकार्यमा राष्ट्रव्यापी लगानीकर्ता शिक्षा र चेतना निर्माण कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।बोर्ड र महासंघको सहकार्यमा देशभर धितोपत्र सम्बन्धित सचेतना कार्यक्रम गरिने भएको हो ।
काठमाडौं एक कार्यक्रमका बीच उक्त कार्यक्रम संचालन गर्ने समझदारी पत्रमा बोर्ड अध्यक्ष रमेश हमाल र महासंघ अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
विश्व लगानिकर्ता सप्ताहको अवसर पारि उक्त समझदारी भएको हो । महासंघ देश भरी फैलिएको संस्था भएको हुँदा धितोपत्र कारोबारबारे सचेत गर्ने सहज हुने विश्वास लिएको छ ।













