२३ श्रावण २०८३, शनिबार

दशैंका लागि बस सेवाको अग्रिम बुकिङ खुला



काठमाडौँ । दशैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ ।

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिमा टिकट खुल्ला गर्न सकेको छैन ।