घलेम्दी हाइड्रोपावरले हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय
काठमाडौँ । घलेम्दी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गर्ने भएको हुंदा कात्तिक २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।













