अरुण काबेलीको हकप्रद सेयर बाँडफाँट
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्टले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले कात्तिक १ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीले २ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो । भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
सोमध्ये आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर बाँडफाँट सम्पन्न भएको थियो । बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।
उक्त हकप्रदमा कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँमा शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। न्यूनतम १०० कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।













