२१ श्रावण २०८३, बिहिबार

सानिमा इक्विटी फण्डद्धारा लाभांश वितरण सुरु



काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले लाभांश वितरण सुरु गरेको छ । फण्डले असोज २२ गतेदेखि आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण सुरु गरेको हो ।

फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज १४ गते बुकक्लोज गरेको हुंदा असोज ११ गतेसम्म कायम इकाईधनीहरुको खातामा फण्डले लाभांश पठाएको हो। फण्डको कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अद्यावधि गर्ने फण्डले भनेको छ । सो पश्चात मात्र लाभांश जम्मा हुनेछ ।