असोज ३० गतेदेखि अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

असोज ३० गतेदेखि अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामीमा



काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलाममा बिक्री गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको छ । सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सुर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्