२१ श्रावण २०८३, बिहिबार

इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो



काठमाडौँ । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्।

गएराति इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको छ । हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको छ ।