११ श्रावण २०८३, सोमबार

मुक्तिनाथ क्यापिटलले बोलायो १४औं वार्षिक साधारण सभा



काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारण सभा कात्तिक १७ गतेका लागि बोलाएको छ । सभा होटल क्राउन इम्पेरियल रविभवन दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले सेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव भने गरेको छैन ।