सिटिजन्स बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा
सिटिजन्स बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज अर्थात असोज २६ गते बस्दैंछ । सभाअमृतभोग, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाछ आफ्ना सेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । साथै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने एजेण्डा सभाको कार्य सूचीमा समावेश भएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गरेको हुदाँ असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













