७ श्रावण २०८३, बिहिबार

लगानीकर्ताले धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दायर, आइपीओ निष्कासनमा भ्रष्टाचारको आरोप



काठमाडौँ । लगानीहरुको समूहले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । शुक्रबार लगानीकर्ताको एक समूहले नियमित विपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीआ निष्कासनको अनुमति दिएको भन्दै कारबाहि माग गरका हुन् ।

उनीहरुले बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन र कारबाहि गर्ने माग गर्दै लिखित उजुरी दिएका हुन् ।

उजुरीको दर्ता नंम्बर सी –०२४२४९ रहेको छ । लगानीकर्ता केशव कोइराला, तिलक कोइराला र अमित तिमलसिनाको टोलीलाई उजुरी दर्ता गर्नका लागि अख्तियारले कार्यालयभित्र गएका छन् ।


प्रतिक्रिया दिनुहोस्