एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गर्न पाउँदा हर्षित भएको छ।
यो लन्चिङ्गले हाम्रो प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँने कम्पनीको विश्वास रहेकोछ । जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष-स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको छ। न्यूफोरियामा उपलब्ध विशेष अफरहरू नेपाल भित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने हाम्रो समर्पणको प्रमाण हो।
आईफोन १५ को मुख्य विशेषताहरूस्
– अत्याधुनिक प्रविधि
– क्रान्तिकारी क्यामरा प्रणाली
– पातलो र आधुनिक डिजाइन


– कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी
– एक पटकको स्क्रिन प्रतिस्थापन
– २० वाटको एडाप्टर समावेश
– एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू













