सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?
सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?
काठमाडौँ । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको ९५ हजार १० कित्ता सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज २८ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













