७ श्रावण २०८३, बिहिबार

मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने



काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि साधारण सभा आव्हान गरेकोछ ।

सभा कात्तिक २१ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । आइपीओ निष्कासन प्रस्तावसहित गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्