युनिलिभर नेपालले गर्यो हालसम्म कै उच्च लाभांश घोषणा
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हालसम्मकै सबैभन्दा बढी लाभांश घोषणा गरेको हो ।
असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।













