मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर विक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर विक्रीमा



काठमाडौँ । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित १ लाख ४२ हजार कित्ता हकप्रद सेयर लिलाममा ल्याएको छ । कम्पनीले भदौ १० गतेदेखि ३१ गतेसम्म १ बराबर ०.३५ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गरेको हो ।

कम्पनीले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार ६५० कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको छ । इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको हुंदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा मल्टीपर्पस फाइनान्सबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्