बनेपामा खुल्यो सीजी डिजिटलको २५औं शोरुम
बनेपामा खुल्यो सीजी डिजिटलको २५औं शोरुम
काठमाडौँ । चौधरी गु्रप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सिजी डिजिटलको २५औ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य ज्यु र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा असोज २९ गते उक्त शोरुमको भब्य उद्घाटन भएको हो ।
सिजी डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सिजी, टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र क्रम्टन लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु जस्तै कि : एलइडि टिभी, वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरु रहने छन् ।
बनेपाकोे स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विधुतीय सामाग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शारुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पुर्ण जानकारी पनि लिन सकिने छ । यो शारुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ ।
बनेपाकोे बुडोलमा खोलिएको यस सि.जी. डिजिटल शोरुममा ओपनिङ्गको अवसरमा ४० प्रतिशत सम्म छुट, ० प्रतिशत किस्ता बन्दि , फ्री गिफ्टहरु का साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ । साथै Product Live Demo, Cooking Class / Preventive Maintenance Service (PMS) को पनि व्यवस्था गरिएको छ ।
चौधरी गु्रपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सि.जी. डिजिटल शोरुम संचालन गरिसकेको छ । यो संगै बनेपामा खोलिएको यस सि.जी. डिजिटल शोरुम अब २५ औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।













