आइपीओ जारी गर्ने तयारीमा रहेको डिस मिडिया नेटवर्कले हकप्रद पनि जारी गर्ने
काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासका लागि विशेष साधारण सभा बोलाएको हो ।
सभा कात्तिक २० गतेका लागि आव्हान गरेको हो । सभा यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय, ललितपुरमा दिउँसो २ः३० बजेबाट सुरु हुनेछ ।
कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ३५ लाख ८४ हजार कित्ता सेयर आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।













