अरुण काबेलीको २० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी गर्ने आज अर्थात कात्तिक १४ गते अन्तिम मौका रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलाममा बिक्री गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरेको हो ।
न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगरको रंगेलीरोड, महोत्तरीको जलेश्वर, ललितपुरको सातदोबाटो, भक्तपुरको सुर्यविनायक, कास्कीको पोखरा, बाँकेको कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।













