११ श्रावण २०८३, सोमबार

गरिमा विकास बैंकको करिब तीन लाख कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकको करिब तीन लाख कित्ता सेयर बिक्रीमा



काठमाडौँ । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ८२ हजार ५७३.४९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक १८ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

साथै, सो अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।