एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण कति ?
कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापतर्फको ९ प्रतिशत सेयर सर्वसाधारणमा कायम गर्ने लागेको हो ।
कम्पनीले कायम संस्थापतर्फको ६० प्रतिशत सेयर स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो ।
सेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव कम्पनीले १४औं वार्षिक साधारण सभाबाट पारित गरी सकेको छ । आफ्नो स्वामित्वको सेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई आगामी ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन भनेको हो ।
तोकिएको अवधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम सर्वसाधारण समूहमा संस्थापक तर्फको ९ प्रतिशत सेयर परिवर्तन गरिने कम्पनीले जनाएको छ ।













