१० श्रावण २०८३, आइतबार

अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक रहे पनि दबाबमुक्त छैनः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक रहे पनि दबाबमुक्त छैनः प्रधानमन्त्री प्रचण्ड



काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताएका छन् । आज सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको तर्क थियो । ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ’ उनले भने, ‘गएको वर्षदेखि यहाँसम्म आउँदा अर्थतन्त्रका कैयौँ सूचकहरू सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन ।’

प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले देखिए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको जिकिर गर्नुभयो ।