निफ्राले पुष १७ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
निफ्राले पुष १७ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले वार्षिक साधारण सभा पुष १७गतेको लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले ४.२१०५ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारितका गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।
संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश भएकोछ । सभा प्रयोजनका लागि कम्पनीले पुष ६ गते बुक क्लोज गर्ने भएको हुँदा पुष ५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













