अर्किड होल्डिङ्सले १ करोड १५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्किड होल्डिङ्सले १ करोड १५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौँ । अर्किड होल्डिङ्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ करोड १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

अर्किड होल्डिङ्सले चार तारे होटेल, होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्