मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

आइपीओमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जसमा १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि जारी गरेको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्