यी तीन तरिकाबाट हेर्नुहोस् मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नतिजा
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको छ ।
आइपीओमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जसमा १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
कम्पनीको एफपिओ यी तिन तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













