१० श्रावण २०८३, आइतबार

कुमारी बैंकको सेयर किन्ने हो ? आजदेखि २२ हजार कित्ता बिक्रीमा

कुमारी बैंकको सेयर किन्ने हो ? आजदेखि २२ हजार कित्ता बिक्रीमा



काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूह तर्फको २२ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका सेयरधनी नगेन्द्र प्रसाद बिमलीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक ले अबको ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सो अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।