१० श्रावण २०८३, आइतबार

मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ, धरान, सुनसरीमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।