युनिक हाइडेलले आइपीओ निष्कासन गर्ने, पुष १३ गते बोलायो साधारण सभा
काठमाडौँ । युनिक हाइडेल कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि पुष १३ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।













