१७ श्रावण २०८३, आइतबार

लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।