प्रतिकित्ता ३०० रुपैयाँमा नै नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने मौका
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज (मंसिर २६ गते) देखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको २० लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयरको न्यूनतम मुल्य ३०० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्ने चाहने ककम्पनीका संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २६ गते) ले ३५ दिनभित्र कम्पनीको थापागाँउ स्थित कार्यालयमा आवेदन दिन सकिनेछ ।
तोकिएको अवधि भित्र सेयर खरिका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य सेयरधनीहरुलाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













