आठ कम्पनीको सेयरमा सर्किट, कुनको कति ?
काठमाडौँ । बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ ।
मंगलबार २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकोछ । आज बोटलर्स नेपाल, धौरागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिल्सर, सानिमा लार्ज क्याप फण्ड, मानुषि लघुवित्त, त्रिशुली जलविद्युत, दोल्ती पावरको सेयरमा सर्किट लागेको हो ।













