१८ श्रावण २०८३, सोमबार

नेपालमा सीएटीएलको आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा सिजी मोटर्स



काठमाडौं । सिजी मोटर्स सीएटीएलको नेपालमा आधिकारिक सर्भिस सेन्टर स्थापनाका लागि तयारी थालेको छ । 

सिजी मोटर्स विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ को  नेपालका लागि आधिकारिक  सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा लागेको हो । 

कम्पनीले नेपालमा नेटा, लाइट कमर्शियल भेईकल केवाइसी , किङलङ गाडीहरू बिक्री गर्दै आएको छ । सम्पूर्ण गाडीहरूमा सीएटीएलकै ब्याट्री जडान भएको र विद्युतीय  गाडीहरू बिक्री वितरणको प्रमुख हिस्सा रहेको हुनाले सिजीलाई सर्भिस सेन्टरको काम थालनी गर्न लागेको हो । 

साझेदारी अन्तर्गत सिजी मोटर्सले नेपालमा सीएटीएल लागि आधिकारिक सर्भिस कम्पनीका  रूपमा काम गर्नेछ । यसका साथै सीएटीएल ब्याट्रीसँग सम्बन्धित सबै कार्यहरू नेपालमै सेवा दिन सक्ने गरी सीएटीएलको सेवा उपयोग गर्ने बताइएको छ ।